काठमाण्डौ । सानिमा बैंकका ग्राहकले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।
सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ(क्यूआर स्क्यान)गरी डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा ५०० रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।