काठमाण्डौ । आज सेयर बजार २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भएको छ । कारोबार तथा भोल्युममबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।
किनकी बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा इचिमोकूबाट नियाल्दा बजारमा बेसलाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ । ( हेर्नुहोस रातो एरो ) । यसले बजारमा बिक्री दबाब परेका देखिन्छ ।
योसँगै २६ दिन पछाडी चल्ने ल्यागिङ स्पान पोजिसन पनि हुक बनाएर खसेको छ । यद्यपी क्लाउडको पोजिसन भने हरियो नै रहेको छ । सुपर ट्रेन्डमा पनि मूल्य रेखाहरुले ट्रेन्डलाइनलाई माथिबाट काटेर तल खसेको छ । अर्थात सुपर ट्रेन्डको रंग पनि रातो बनेको छ ।
समग्रमा यी दुबै रेखाबाट बजारलाई नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । पिभट् मार्फत नियाल्दा हाल पिभट् प्वइन्ट २७५५ मा प्रतिरोध सामना गरेको बजारले २६५०,२६०० र २५०० विन्दुमा सपोर्ट लिनेछ । यदि बढेमा भने बजारले २७५५, २८०० र २९०० विन्दुमा बजारले प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।