काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९५ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.६३ रुपैयाँ र बिक्रीदर ४४१.५९ रुपैयाँ कायम भएको छ ।