काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको आम्दानी पनि १४.५० प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ अर्ब २४ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १ अर्ब ९२ करोड मात्रै आम्दानी गरेको छ ।
आम्दानी र नाफाका साथै कम्पनीको कुल खर्च पनि १०.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ कम्पनीको खर्च घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको रिटेन्ट अर्निङ १३.३१ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । नगद मौज्जाद १ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १७ करोड लगानी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको )२०७९ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस १ हजार ९८७ रुपैयाँ थियो ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँबाट बढेर ४ हजार २१४ रुपैयाँ पुगेको छ ।