बिहीबार, श्रावण १४,२०८३ 01:16:27
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:16:27
Bizshala
Global IME Bank Limited

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित
New Office

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो ।  

उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको कम्पनीसले जनाएको छ । यस हिसाबले कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको छ ।  

आफ्नो कायम हक भन्दा बढी सेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतको रकम भदौ २८ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएकोले कम्पनीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.