काठमाण्डौ । सानिमा बैंकका ग्राहकले काठमाण्डौको दूसित प्रिन्सेस होटलमा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाण्डौमा छुटको व्यवस्था गरेको हो ।
उक्त व्यवस्थाअन्तर्गत बैंकका ग्राहकले भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खानालगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।