काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनी समीक्षा अवधिसम्म ५ करोड ६१ लाख रुपैयाँबराबरको खुद आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २२५.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी १ करोड ७२ लाख रुपैयाँमा सीमित थियो ।
यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५ करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यस्तो खर्च ३ करोड ९८ लाख रुपैयाँ थियो । कम्पनीको अल्पकालिन ऋण ८ करोड ७५ लाख रुपैयाँ र नगद मौज्जाद ९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.८७ रुपैयाँबाट घटेर १.४१ रुपैयाँमा सीमित भएके छ । कम्पनीको ९१.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७७५.८३ गु्णा र चालू अनुपात ३.०१ गुणा कायम भएको छ ।