काठमाण्डौ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ थियो ।
नाफाका साथै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले यो अवधिसम्म ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ३८ करोड ८४ लाखको तुलनामा २७.५२ प्रतिशतले धेरै हो ।
कम्पनीको कुल आम्दानी ९.२० प्रतिशतले बढ्दै ८० करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २१ करोड ४५ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३१ करोड ९१ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । कम्पनी ११.७२ प्रतिशतले खर्च घटाउन सफल भएको छ । कम्पनीको कुल खर्च ५० करोड ९७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीके रिटेन्ड अर्निङ पनि बढेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ती कोषको आकार ५ करोड ७० लाखबाट बढेर ६ करोड १६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार १ अर्ब ५० करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.७८ बाट बढेर १६.०३ रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.८५ रुपैयाँ,पिई अनुपात ४०.१० गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१४.०९ रुपैयाँ कायम भएको छ ।