सोमबार, असार २,२०८२ 03:44:09
  • सोमबार, असार २,२०८२ 03:44:09
Global IME Bank Limited

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी

Hyundai Nepal
कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी
Nabil Bank Limited

काठमाण्डौ । भारतमा कम पूँजी भएका कम्पीहरुको आईपीओ निष्काशनमा कडाई गरिने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटिज बोर्ड अफ इण्डिया’सेबीले कम पूँजी भएका कम्पनीहरुलाई सर्वसाधारणका लाई आईपीओ जारी गर्न र उनीहले उपयोग गर्ने फण्डको प्रयोगलाई कडाई गर्ने भएको हो ।  

सेबीले लामो समयसम्म नाफा कमाएका र आर्थिक रुपमा सक्षम कम्पनीहरुलाई मात्रै अब आईपीओ निष्काशनको तयारी गरिरहेको भारतीय मिडियाले बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी सेबी र एक्सचेञ्ज बोर्ड अफ इण्डिया, नेशनल स्टक एक्सचेञ्जबाट साना र मझौला उद्यमहरूको सूचीकरण स्वीकृति प्रक्रिया लिन इच्छुक छैनन् । कतिपय लगानीकर्ताले यस प्रक्रियामा नियामकको प्रत्यक्ष निगरानीको माग गरिरहेका छन् । छलफलहरू अझै प्रारम्भिक चरणमा छन् र नियामकको प्राथमिक बजार सल्लाहकार प्यानलमा प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नु अघि उपायहरू परिमार्जन गर्न सकिने जनाइएको छ ।  

भारतमा कोरोना महामारीपछि कम पूँजी भएका कम्पनीहरुको आईपीओको बाढी नै आएको थियो । साना कम्पनीहरुले व्यवसाय विस्तार र वृद्धिका लागि प्राथमिक बजारलाई रोजिरहेका छन् । करिब २ साता अघि मात्रै २ वटा मात्रै आउटलेट र ८ जना कर्मचारी भएको एउटा मोटरसाइकल शोरुम कम्पनीले आईपीओ जारी गरेको थियो । जसमा सर्वसाधारणबाट ४०० गुणा भन्दा बढी आवेदन परेको थियो ।  

अप्रमाणित ट्र्याक रेकर्डका साथसाथै स्टक–मूल्य हेरफेरका भएका कम्पनीहरुको सेयरको लागि लगानीकर्ताको आकर्षण बढेपछि भारतीय अधिकारीहरू आईपीओ निष्काशनको कडाईमा उत्रिएका हुन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.