काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २८ गते) लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.७२ रुपैयाँ र बिक्रीदर १४८.३८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.९३ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.५७ रुपैयाँ र बिक्रीदर ८९.९७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८२ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९५ रुपैयाँ र बिक्रीदर ४४०.९१ रुपैयाँ कायम भएको छ ।