काठमाण्डौ । नेपालको लागि केई अटो मोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले भदौ २९ र ३० गते ‘एक्सपिरियन्स केई’ नामक कार्याक्रम आयोजना गर्ने लागेको हो ।
भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभी एक्स थ्रि प्रो ईभी इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 टेष्ट ड्राइभ गर्न सकिनेछ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को कोmixer grinder प्राप्त गर्नेछन।
इच्छुक महानुभावले केईको शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट–ड्राइभ गर्न सक्नेछन् ।
लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चिनियाँ ब्रान्ड हो । जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस,काठमाण्डौस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।