बिहीबार, श्रावण १४,२०८३ 02:29:35
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:29:35
Bizshala
Global IME Bank Limited

बोइङका ३३ हजार कर्मचारी आन्दोलनमा, १० हजार विमान आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने

बोइङका ३३ हजार कर्मचारी आन्दोलनमा, १० हजार विमान आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने
New Office

काठमाण्डौ । अमेरिकी विमान निर्माता कम्पनी बोइङका ३३ हजार युनियन सदस्य आन्दोलनमा उत्रिएका छन् । कम्पनीले ४ वर्षका लागि प्रस्ताव गरेको सम्झौता रद्द गरेसँगै युनियनमा आवद्ध ३३ हजार कर्मचारी शुक्रबार काममा गएनन् ।  

कम्पनीमा विगत १६ वर्षमा पहिलोपटक भएको आन्दोलनका कारण व्यवसायिक विमानको उत्पादन बन्द भएको छ । अमेरिकाको सबैभन्दा ठूलो विमान निर्माता र निर्यातकर्ता कम्पनीमा भएको आन्दोलनले अमेरिकी अर्थतन्त्र कमजोर बन्न सक्ने आँकलन गरिएको छ । आन्दोलनको समयावधि कति लम्बिन्छ भन्ने विषयले कम्पनीको १० हजार विमान आपूर्तिमा समस्या उत्पन्न हुने जनाइएको छ ।  

उक्त प्रस्तावमा कर्मचारीहरुलाई २५ प्रतिशत तलब वृद्धि गर्ने विषय पनि समेटिएको छ । जसलाई ९५ प्रतिशत युनियन सदस्यहरुले अस्विकार गरेका छन् । 

बोइङमा कुल १ लाख ५० हजार कर्मचारी कार्यरत छन् । कम्पनीको आँकडाअनुसार कम्पनीले अमेरिकी अर्थतन्त्रमा वार्षिक ७९ अर्ब रुपैयाँबराबरको योगदान गर्ने गर्छ । यस्तै कम्पनीले १६ लाख जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम दिदै आईरहेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.