काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।
यो लाभांश कम्पनीको आगामी असोज १४ गते आयोजना हुने कम्पनीको १३ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।
यस्तै आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश सुरक्षित गर्ने पनि आज अन्तिम दिन रहेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी २ योजनाका लागि क्रमशः३.८१ प्रतिशत र ८.९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको छ ।
यो लाभांश वितरण प्रयोजनका लागि भदौ ३१ गते १ दिनका लागि बुक क्लोज गरिदैछ । यसर्थ आजसम्म कायम इकाईधनीहरु मात्रै यी २ योजनाका लागि प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।