काठमाण्डौ । खाना डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गरी ‘भ्यालेन्टाइन डे कन्टेष्ट’ सुरु गरेको छ ।
यस प्रतियोगिता अन्तर्गत फुडमाण्डु मार्फत खाना अर्डर गर्ने ग्राहकहरु मध्येबाट हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली विजेता छनोट गरिनेछ ।
भाग्यशाली विजेताहरूलाई मिनिसो, केटीएम सीटी,अभाता,र फुडमाण्डु मर्केन्डाइजबाट आकर्षक उपहार प्रदान गरिनेछ । विजेताहरूको घोषणा हरेक दिन सामाजिक सञ्जाल प्लेटफर्महरूमा गरिने छ । र फुडमान्डुको कार्यालयबाट गिफ्ट ह्याम्परहरू सङ्कलन गर्न सकिनेछ ।
यसका साथै ग्राहकले ४० वटा विभिन्न रेष्टुरेन्टहरूबाट खरिद गर्ने ‘वान गेट वान फ्री’ र आकर्षक कम्बो अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। फुडमाण्डुले विभिन्न बैंक तथा वालेटसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफर पनि उपलब्ध गराउने छ ।
यसबारे बोल्दै फुडमाण्डुका ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनशा भट्टराईले भनिन्, “हामीले हाम्रा आदरणीय ग्राहकहरूलाई लक्षित गरी भ्यालेन्टाइन डेको अवसरमा आकर्षक अफर ल्याएका छौं । आशा छ हाम्रा ग्राहकहरूले यो प्रस्ताव मन पराउनुहुनेछ र फुडमान्डुलाई थप माया र समर्थन दिनुहुनेछ।’
फेब्रुअरी ७ देखि १४ फेब्रुअरीसम्म मान्य हुने यी अफरहरूमा सहभागी हुन फुडमाण्डुको वेबसाइट वा फुडमाण्डु एप मार्फत खाना अर्डर गर्न सकिनेछ कम्पनीले जनाएको छ ।