काठमाण्डौ । भगवती हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँ कायम थियो । भोलि यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।