काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत माघ २५ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट गचत आर्थिक वर्ष २०७९/८० का लागि पारित ६.३७ प्रतिशत नगद लाभांश माघ २८ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्म कायम सेयरधनीरुको खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले साधारण सभाबाटठ पारित भएको ८.६३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकरण भएपश्चात सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।
यस्तै ,भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।