सोमबार, असार २,२०८२ 03:50:19
  • सोमबार, असार २,२०८२ 03:50:19
Global IME Bank Limited

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने

Hyundai Nepal
भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने
Nabil Bank Limited

काठमाण्डौ । भारतका बोनस सेयर बुक क्लोज भएको ३ दिनभित्रै कारोबारका लागि उपलब्ध हुने भएको छ । यो नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने भएको हो ।  

नयाँ व्यवस्थाअनुसार अब बोनस सेयर रेकर्ड डेटको ३ दिनपछि सेयरधनीहरुको डिक्याट खातामा आउने छ । अहिले भने भारतमा बुक क्लोजको लगभग दुई सातापछि मात्रै कारोबारका लागि उपलब्ध हुँदै आएको छ । भारतको सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ इण्डिया(सेबी)ले सेप्टेम्बर १६ मा एक सर्कुलर जारी गर्दै बोनस सेयरमा टी प्लस टु को व्यवस्था लागू गर्न निर्देशन दिएको छ । टी को अर्थ बुक क्लोज डेट हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्कुलरमा यसका लागि विभिन्न प्रक्रियाका बारेमा जानकारी दिइएको छ । बोनस जारी गर्ने कम्पनीले सेबी नियमावली २०१५ को नियमावली २८(१) बमोजिमको बोर्ड बैठकले बोनस जारी गरेको मितिले ५ कार्यदिन भित्र स्टक एक्सचेन्जमा निवेदन दिनुपर्नेछ।

निर्देशिका अन्तर्गत, बजारको दक्षता बढाउन र ढिलाई कम गर्न बोनस सेयरको कारोबार अब रेकर्ड मिति पछि दोस्रो कार्य दिनमा सक्षम हुनेछ ।  

यो व्यवस्था अक्टोबर १ पछि घोषणा गरिएका सबै बोनस सेयरहरुका लागि लागू हुनेछ ।  

यो कदमले बोनस सेयर बाँडफाँड र कारोबारबीचको समयको अन्तर घटाएर जारीकर्ता र लगानीकर्ता दुवैलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.