काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम थियो ।
आज एक यूरोको खरिददर १४८.८८ रुपैयाँ र बिक्रीदर १४९.५५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ कायम भएको छ ।
आज अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.३४ रुपैयाँ र बिक्रीदर ९०.७५ रुपैयाँ कायभ भएको छ । अघिल्लो दिन एक अष्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६७ रुपैयाँ थियो ।
१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६ं.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.३९ रुपैयाँ र बिक्रीदर ३१.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१५ रुपैयाँ र बिक्रीदर १०.१९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.५७ रुपैयाँ र बिक्रीदर ४४०.५३ रुपैयाँ कायम भएको छ ।