आईतवार, फाल्गुन ११,२०८१ 03:07:32
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:07:32
IME remit
Global IME Bank Limited

हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी

Hyundai Nepal
हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १४ वटा कम्पनीले यस वर्षका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  

जसमध्ये दुईवटा जीवन बीमा कम्पनीले भने आव २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । १४ मध्ये ६ वटा हाइड्रोपावर कम्पनी, दुई बीमा कम्पनी, दुई बैंक, एक लघुवित्त, एक लगानी कम्पनी, एक उत्पादन तथा प्रशोधन र एक होटल रहेका छन् ।  

१२ वटा कम्पनीको सेयर खरिद गर्दा अझै पनि लाभांश पाउन सकिनेछ भने भगवती हाइड्रो र माण्डु हाइड्रोले भने लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरिसकेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

हाइड्रो समूह  

हाइड्रोपावर समूहबाट ६ वटा कम्पनीले आव २०८०/८१ को सञ्चित मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये सर्वाधिक भगवती हाइड्रोपावरले कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको जसमा ४ प्रतिशत बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज २ गते बुकक्लोज मिति तोकेको थियो । यसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।  

साथै सुपरमाई हाइड्रोले पनि ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले बुकक्लोजको मिति तोकेको छैन । यसर्थ अझैपनि सेयर किन्नेले कम्पनीले लाभांश पाउनेछन् ।  

त्यस्तै, माण्डु हाइड्रोले १२ प्रतिशत नगद लाभांश मात्रै लाभांश घोषणा गरेको छ । कम्पनीले बुकक्लोज समेत गरिसकेको छ । यसका साथै सीइडीबी हाइड्रोले ११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि असोज ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ६ गतेसम्म कम्पनीको सेयर किन्नेले लाभांश पाउनेछन् ।  

यता अपि पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले असोज १६ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज १५ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।  

त्यस्तै, साहज उर्जा कम्पनीले पनि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले असोज १३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले लाभांश पाउनेछन् ।  

बैंक तथा वित्तीय संस्था  

हालसम्म एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आ–आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् । एभरेष्ट बैंक, कामना सेवा विकास बैंक र गुराँस लघुवित्तले आव २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको हो ।  

एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज ७ गतेसम्म बैंकको सेयर किन्दा लाभांश पाइनेछ ।  

त्यस्तै, कामना सेवा विकास बैंकले पनि ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कामनाले भने लाभांश वितरणका लागि हालसम्म बुकक्लोज मिति तोकेको छैन । यसर्थ बैंकको सेयर हालसाल किन्दा लाभांश पाइनेछ ।  

यता गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले पनि हालसम्म बुक्लोजको मिति तोकेको छैन ।  

दुई बीमा कम्पनी  

बीमा समूहतर्फबाट प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आ–आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । यी कम्पनीहरुले आव २०७९/८० को मुनाफाबाट यस वर्षका लागि लाभांश घोषणा गरेका हुन् ।

सानिमा रिलायन्स लाइफले १८.३८११ प्रतिशत बोनस सेयर मात्रै घोषणा गरेको छ । कम्पनीले असोज ११ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज १० गतेसम्म कम्पनीको सेयर किन्दा लाभांश पाइनेछ ।  

साथै प्रभु महालक्ष्मी लाइफले पनि ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश गरी कुल ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले असोज १६ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ असोज १५ गतेसम्ममा कम्पनीको सेयर किन्दा लाभांश पाउन सकिनेछ ।  

अन्य कम्पनी  

अन्य कम्पनीहरुमा ओरियन्टल होटल लिमिटेडले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले असोज ७ गते बुकक्लोजको मिति तोकेको छ ।  

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालले पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले बुकक्लोजको मिति तोकेको छैन ।  

नेपाल ल्यूब आयलले पनि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले असोज ४ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.