काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।
एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि फिफ्टी र एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
योजना व्यवस्थापक एनएमबि क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज ११ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १० गतेभित्र नेप्सेमा कारोबार भई कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले एनएमबि फिफ्टीका लागि १० प्रतिशत र एनएबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का इकाईधनीहरुलाइ १० प्रतिशत लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                