काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६० रुपैयाँ र बिक्रीदर १३४.२० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.०७ रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ र बिक्रीदर ९१.५६ रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६ं.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.९५ रुपैयाँ र बिक्रीदर ४३९.९१ रुपैयाँ कायम भएको छ ।