काठमाण्डौ । अमेरिकी सेयरबजार अल टाइम हाईको उचाईमा पुगेको छ । पछिल्लो कारोबारमा अमेरिकी सेयर बजार मापक इनडेक्स डाउ जोन्स ३८.१७ अंक अर्थात ०.०९ प्रतिशतले बढेर ४२ हजार ६३ विन्दुमा बन्द भएको छ । यो उचाई हालसम्मकै उच्च हो ।
यस्तै एस एण्ड पी ५०० पनि ०.१९ प्रतिशतले बढेर ५ हजार ७०२ विन्दुमा पुगेको छ । नास्डक कम्पोजिट भने ०.३६ प्रतिशतले घटेर १७ हजार ९४८ विन्दुमा बन्द भएको छ ।
गत बिहिबार डाउ जोन्स पहिलोपटक ४२ हजार विन्दु र एस एण्ड पी ५ हजार ७ सय विन्दु माथि पुगेको थिए । गत बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने निर्णय गरेसँगै अमेरिकी सेयर बजार उकालो लागिरहेको छ ।