काठमाण्डौ । डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न र दशैंलाई लक्षित गरी मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ ।
अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टमार्फत बिनाशुल्क २६ बैंक वित्तीय संस्थाहरुमाफण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।
नेपाल पे इन्स्ट्यान्ट प्रोक्सिको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एडरेस(भीपीए) को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ । हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषिविकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपालएसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंलाविकास बैंककामोबाइल बैंकिङ एपहरुमा उपलब्ध रहेको छ ।