आईतवार, असार २२,२०८२ 06:59:08
  • आईतवार, असार २२,२०८२ 06:59:08
Global IME Bank Limited

सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । आज कारोबारको पहिलो प्रहरमा उच्च अंकले बढेको सेयर बजार अन्त्यमा सामान्य अंकले मात्रै बढेर बन्द गर्यो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ । कारोबारबाट नियाल्दा बजारमा दैनिक भोल्युम ड्राइ अप हुँदै गएको छ । यो भनेको लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेका छन् भन्ने हो । बिगतको बजारलाई नियाल्दा भोल्युम निकै ड्राइ अप भए पछि पुनः बजारले गति लिएको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट हेर्दा बजार तल्लो ब्याण्डमा नै चलेको छ । म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर हिस्टोग्राम छोटाछोटा हुँदै गएका छन् । म्याक्डी र मनीफल् इन्डेक्समा भने बुलिस ड्राइभर्जेन्स देखा पर्न थालको छ । यसले बजारले बटम लगाइ सकेको र कुनै पनि बेला बजारले अप ट्रेन्ड लिन सक्छ भन्ने हो । तर इन्डिकेटरबाट अहिले नै कन्फर्मेसन भने मिलेको होइन । पिभट् मार्फत नियाल्दा बजारको पहिलो सपोर्ट २५७० , २३९२ र २१५३ विन्दुमा रहेको छ । बढेमा क्रमशः पिभट् प्वइन्ट क्रमश ः २८०९ ,२९८८ र ३२२६ विन्दुमा रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.