मंगलवार, भाद्र ३०,२०८३ 03:58:48
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 03:58:48
Bizshala
Global IME Bank Limited

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा
New Office

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ ।  

प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि काठमाण्डौको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी सभापति पक्राउ पर्ने खबर पाएलगत्तै उपत्यकामा रहेका कार्यकर्ताहरुलाई आकस्मिक रुपमा पार्टी कार्यालयमा भेला हुन भनिएको थियो । सोही उर्दीपछि अहिले पार्टी कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताको भीड जम्मा भएको छ । 

Shivam Cement
Bizshala
CG Motors

आज दिउँसो गृह मन्त्रीले सहकारी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि प्रहरी हेडक्वार्टरले संसदीय समितिको प्रतिवेदनले कारबाहीको सिफारिस गरेका सहकारी ठगहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको हो ।  

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गर्नुअघि सहकारी ठगी प्रकरणमा छविलाल जोशी आइतबार नै पक्राउ परिसकेका छन् ।

Muktinath Bikas Bank Limited

उनी काठमाण्डौबाट भाग्न खोजेको सूचना पाएपछि प्रहरीले शंखमूल क्षेत्रबाट पक्राउ गरेको बताइएको छ । उनलाई कास्की प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।  

जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । अध्यक्ष जीबी राई फरार छन् भने प्रबन्ध निर्देशक रहेका रवि लामिछाने पनि सम्भवतः आजै पक्राउ पर्ने छन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.