बुधबार, असार १०,२०८३ 07:52:22
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:52:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक, स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय हुने

Laxmi Sunrise Bank Limited
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक, स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय हुने

काठमाण्डौ । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा  बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत बिरामीहरूले मोबाइल फोन प्रयोग गरी ओपीडी टिकट बुकिङ, टाढैबाट अपोइन्टमेन्ट निर्धारण, र प्रयोगशाला रिपोर्ट डिजिटल रूपमा प्राप्त गर्न सक्नेछन्।

उक्त एपको मुख्य विशेषता भनेको नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय (एपीआई सिंक)हो। यस अन्तर्गत बीमितले आफ्नो बीमा स्थिति वास्तविक समयमा प्रमाणीकरण गर्न सक्ने,बीमा सुविधाअन्तर्गत स्वतः ओपीडी टिकट बुक गर्न सक्नेर प्राप्त बीमा अनुसार निःशुल्क सेवा उपभोग गर्न सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य, सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धता पुरा गर्दै अब बिरामीलाई टिकट लिन वा रिपोर्ट खोज्न अस्पताल धाउनु पर्ने अवस्था नरहने बताएको छ ।  

विसं २०४९ माघ ५ गते स्थापना भई २०५५ कात्तिक ११ गतेदेखि स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्वी नेपालमा टिचिङ डिष्ट्रिक्ट मोडलमार्फत विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालमार्फत सेवा विस्तार गर्दै आएको छ। यो एपको शुभारम्भले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रतिष्ठानको प्रतिबद्धतालाई झनै बलियो बनाएको छ।

मिदास हेल्थ सर्भिसेजले  नयाँ एप मार्फत अनलाइनमार्फत ओपीडी टिकट बुकिङ तथा भुक्तानी, मोवाइल फोनबाटै अपोइन्टमेन्ट निर्धारण, प्रयोगशाला रिपोर्ट डिजिटल पहुँचतथा बीमितका लागि निःशुल्क सेवा र बीमाको अवस्था प्रमाणीकरण सहजै गर्न सकिने उल्लेख गरेको  छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानर मिदास हेल्थ सर्भिसेजबीचको यो सहकार्यलेनेपालमा डिजिटल स्वास्थ्य सेवा रूपान्तरणको दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको पनि दुवै सस्थाले उल्लेख गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.