बुधबार, माघ ९,२०८१ 06:42:40
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:42:40
IME remit
Global IME Bank Limited

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

Hyundai Nepal
युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।  

क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

साथै प्रत्यक सेयरधनीहरुलाई आफ्नो प्यान, नाम, मोबाइल नम्बर, हालको ठेगाना र इमेल आईडी आफ्नो हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.