शनिबार, बैशाख १२,२०८३ 09:19:49
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 09:19:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति छुट ?

Bizshala
दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, के–के मा पाइन्छ कति  छुट ?
Shivam Cement

काठमाण्डौ। भाटभटेनी सुपरमार्केटले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ ।

यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशत सम्म छुट दिन लागिएको छ । चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।

जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ। अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ ।  

त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजी को बोरा चाडपर्व अफरमा रु.१६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३२२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी मुसरको दाल प्रति केजी १४८ रुपैयाँ, मासको दाल प्रति केजी २१३, रहरको दाल प्रति के।जी २८८ रुपैयाँ, मुँगको दाल प्रति के।जी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ ।

तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

डीडीसीको घ्यू प्रति केजीमा रु.८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति के।जी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत सम्म र लगेजमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गर्न लागिएको छ ।

दसैं, तिहार र छठ जस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ्ग अफिसर्स पानु पौडेलले जानकारी दिए । ‘सबै ग्राहकलाई ध्यानमा राखेर हामीले यो अफर प्रदान गर्न लागेका हौं,’ पौडेलले भने,‘यस अफरबाट सबै प्रकारका ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।’

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.