काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तु्लनामा १८१.०१ प्रतिशत धेरै हो ।
अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीको खुद नाफा ६१ लाख ३० हजार रुपैयाँ मात्रै थियो ।
कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि राम्रो सुधार गरेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३८.५० प्रतिशत धेरै हो ।
यस्तै कम्पनीले कर्मचारीका लागि २७ लाख ७ हजार र प्रशासनिक तथा अन्य सञ्चालनका लागि ५४ लाख १२ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको वित्त खर्च भने ६ करोड २९ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३ करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । ४ करोड ४९ लाख रुपैयाँबराबरको नगद मौज्जाद रहेको कम्पनीके अल्पकालिन कर्जा २७ करोड ४४ लाख र दीर्घकालिन कर्जा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २.२६६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९५.६६ रुपैयाँ कायम भएके छ ।