काठमाण्डौ । सोमबार बजारमा आज करिब ६० अंकको गिरावट आउँदा साढे ५ अर्बको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियारिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ । पछिल्लो पल्ट ३ हजारको विन्दुबाट खसेको बजारले पाँचसय अंक भन्दा बढी गुमाइ सेकेको छ ।
बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्डसँगै चलेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियारिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । डेली बेसमा आरएसआई मार्फत नियाल्दा बजारले आज ओभर सोल्ड जोन नजिक ३७ को तहमा पुगको छ ।
घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा पनि तल पुग्न सक्छ । आज २५ सय २९ को विन्दुमा बन्द भएको बजारले २५ सयमा नै बलियो मनोवैज्ञानिक सपोर्ट लिन सक्छ । तर यो विन्दुबाट पनि तल गएमा भने बजार हेड एण्ड सोल्डर प्याट्रनको टार्गेटसम्म पनि बजार पुग्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।