काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३९ रुपैयाँ र बिक्रीदर १३३.९९ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.५९ रुपैयाँ र बिक्रीदर १७८.३९ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.०९ रुपैयाँ र बिक्रीदर ९१.५० रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६ं.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९१ रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७४ रुपैयाँ र बिक्रीदर ३१.८८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९७ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१९ रुपैयाँ र बिक्रीदर ४३९.१५ रुपैयाँ कायम भएको छ ।