काठमाण्डौ । रुरु जलविद्युत कम्पनी लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने भएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।
अन्य जलविद्युत कम्पनीहरुको सेयरमा लगानी गर्ने निति अनुरुप उक्त कम्पनीमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ ।
सुम्निमा हाइड्रो पावर कम्पनीद्वारा प्रर्वद्धित अपर पिखुवा खोला जलविद्युत आयोजना ४.९ मेवा र पिखुवा पशुपति जलविद्युत आयोजना ४.१ मेवा निर्माणका लागि रुरु जलविद्युत परियोजनाको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने गरी सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।