काठमाण्डौ । भारतको सेयर बजार लगातार चौथौ दिन अल टाइम हाईको उचाईमा पुगेको छ । आज कारोबारको क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८५ हजार ५२ विन्दुमा र निफ्टी पनि २५ हजार ९५० विन्दुमा पुगेको छ ।
आज भारतको सेयर बजारमा मेटल र उर्जा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज आईटी, बैंकिङ जस्ता कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज टाटा स्टिलको सेयर ३ प्रतिशतले उकालो लागेको छ ।
अघिल्लो दिन भारतको सेयर बजारले ८४ हजार ९८० विन्दु छुदै हालसम्मकै उच्च रेकर्ड कायम राखेको थियो । सेन्सेक्सको क्लोजिङ हाई भने ८४ हजार ९२८ विन्दु रहेको छ ।
यस्तै निफ्टी पनि अघिल्लो दिन २५ हजार ९५६ विन्दुमा पुगेको थियो । भारतको सेयर बजार २१ सेप्टेम्बर देखि निरन्तर उकालो लागिरहेको छ ।