काठमाण्डौ । भारतको सेयर बजार लागातार ६ दिन नयाँ उचाईमा प्ुगेको छ । आज भारतको सेयर बजार सेन्सेक्स र निफ्टी५० दुवै बढे ।
आज भारतको सेयर बजार सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ८५ हजार २४७ विन्दुमा पुगेको थियो । त्यस्तै निफ्टी पनि २६ हजार ३२ विन्दुमा पुग्यो । यी दुवै परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेका छन् ।
सेन्सेक्स आज अन्तिममा २५५ अंकले बढेर ८५ हजार १६९ विन्दुमा बन्द भयो । जुन हालसम्मकै क्लोजिङ हाई हो । यस्तै आज निफ्टीले पनि अल टाइम क्लोजिङ हाईको उचाई चुमेको छ । निफ्टी आज ६३ अंकले बढेर २६ हजार ४ विन्दुमा बन्द भयो । अघिल्लो दिन पनि सेन्सेक्स र निफ्टीले अल टाइम हाईको उचाई हासिल गरेका थिए ।
आज अटो आईटी,उर्जा र बैंकहरुको सेयरमूल्यमा हरियाली छायो ।
आज अन्य एशियाली सेयर बजारमा समेत वृद्धि देखिएको छ । आज चीनको साङघाई कम्पोजिट इन्डेक्स १.१६ प्रतिशत र हङकङ हाङसेङ इन्डेक्स ०.६८ प्रतिशतले बढे ।