काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले लुम्बिनी प्रदेशमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले आज आफ्नो वार्षिकोत्सवको अवसर पारेर नयाँ गाउँ,बुटवलमा अवस्थित लुम्बीनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा गएर खाद्य सामाग्री तथा लत्ताकपडा सहयोग गरेको हो।
लुम्बिनी प्रदेशमा सेयर लगानीकर्ता फोरमले सेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएकोमा वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग प्रदान गरेको जनाएको छ । आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने फोरमले प्रतिवद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा फोरमको तर्फबाट अध्यक्ष कमल तिवारी निरन्तर यस्तो प्रकारको सहयोगलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।
कार्यक्रम मा केन्द्रीय कोषाध्यक्ष , दिनेश गैरे , केन्द्रीय सचिब योगेन्द्र पन्थी, सदस्यहरू मुकुन्द भट्टराई र प्रकाश भण्डारीको सहभागिता थियो। हाल क्यानाडामा रहेका फोरमका उपाध्यक्ष गोपिराज भुसाल र पोर्चुगलमा रहेका फोरमका सल्लाहकार राजेन्द्र पाण्डेले पनि यो कार्यको लागि आर्थिक सहयोग प्रदान गरेको फोरमले जनाएको छ ।