बुधबार, चैत्र २०,२०८१ 07:40:56
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:40:56
IME remit
Global IME Bank Limited

करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?

Hyundai Nepal
करिब ५० अंकले बढेको बजारमा भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले बढेर बन्द भएको छ । तर बजार बढ्दा भने कारोबार खासै बढेको छैन । बजार बढ्दा कारोबार नबढ्नुलाई केही लगानीकर्ताहरुले शंकाको दृष्टिले हेरेका छन भने कहीले स्वभाविक रुपमा पनि लिएका छन् ।  

प्राविधिक  रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा ब्याण्डको तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । तर आजकै क्याण्डलको भरमा मात्रै बजार फर्की हाल्यो भन्नु हतार हुन सक्छ । यदि आगामी कारोबारमा आज २५ सय १९ विन्दुमा बन्द भएको बजारले अघिल्लो क्याण्डलको उच्च विन्दु २५ सय ४५ भन्दा माथि टिक्छ भने बजारले अप ट्रेन्ड लिन थालेको र मंगलबारकै न्यून विन्दु नै अन्तिम मान्न सकिन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

भोल्युम तथा कारोबारबाट हेर्दा एकै दिनको बढोत्तरीमा कारोबार नबढ्नु स्वभाविक नै हो । तर आगामी कारोबारमा भने हालको एभरेज भोल्युम ६ ÷७ अर्ब भन्दा माथि नै कारोबार हुनु पर्नेछ । म्याक्डीमा हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोन ३३ बाट फर्केर ३८ को तहमा पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैले आज करिब ५० अंकले बढेको बजारको प्रष्ट दिशा भने आगामी कारोबारले नै निधारण गर्ने छ । यद्यपी आज २५ सयको विन्दु माथि बजार बन्द हुनु सकरात्मक पक्ष हो ।  यदि बिहिबार पनि बजार बढेर बन्द भएको खण्डमा बजारले पुनः अप ट्रेन्ड लिएको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.