काठमाण्डौ । नेप्सेमा सूचीकृत २ वटा कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स। एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ माण्डु हाईड्रोपावरले लाभांश वितरणका लागि भदौ ११ गते बुक क्लोज गर्दैछ ।
यस्तै साहस उर्जा असोज १३ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीहरु मात्रै यी म्युचुअल फण्ड र कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन् ।
सानिमा रिलायन्स लाइफले गत आवका लागि १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै साहस उर्जाले पनि गत आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
एनएमबि ५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित ५ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।