काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको थियो।
आज एक यूरोको खरिददर १४९.२७ रुपैयाँ र बिक्रीदर १४९.९४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.४३ रुपैयाँ र बिक्रीदर १७९.२३ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३४ रुपैयाँ र बिक्रीदर ३६ं.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३१ रुपैयाँ र बिक्रीदर ३२.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६१ रुपैयाँ र बिक्रीदर ३६.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.२४ रुपैयाँ र बिक्रीदर ४३९.२१ रुपैयाँ कायम भएको छ ।