काठमाण्डौं । भारतको सेयर बजार लगातार ७ दिन नयाँ उचाई चुम्न सफल भएको छ । आज पनि भारतको सेयर बजार सेन्सेक्स ६६६ अंकले बढेर ८५ हजार ९३० विन्दुमा पुग्यो ।
यस्तै निफ्टी पनि २११ अ.कले बढेर २६ हजार २१६ विन्दुको उचाईमा पुग्यो । जुन हालसम्मकै उच्च हो । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो । यस्तै निफ्टीमा कारोबार भएका ५० वटा मध्ये ४१ कम्पनीको सेयरमूल्य बढ्यो । बाँकी ९ वटा कम्पनीको सेयरमूल्य भने घट्यो ।
आज भारतको सेयर बजारका अटो सेक्टरमा सबैभन्दा धेरै वृद्धि देखियो ।
अघिल्लो दिन सेन्सेक्स ८५ हजार २४७ र निफ्टी २६ हजार ३२ विन्दुमा पुगेका थिए ।
आज अन्य एशियाली सेयर बजारमा समेत हरियाली छायो । आज जापा्नको निक्की इन्डेक्स २.७९ प्रतिशत र हंङकङको हाङसेङ इन्डेक्स ४.१६ प्रतिशतले बढे । चीनजको साङघाई कम्पोजिट पनि आज ३.६१ प्रतिशतले बढ्यो ।