काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.५४ रुपैयाँ र बिक्रीदर १३४.१४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको थियो।
आज एक यूरोको खरिददर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.६७ रुपैयाँ र बिक्रीदर १७९.४७ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.९१ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ कायभ भएको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६ं.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.२२ रुपैयाँ र बिक्रीदर ३२.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.६२ रुपैयाँ र बिक्रीदर ४३९.५९ रुपैयाँ कायम भएको छ ।