काठमाण्डौ । साताको पहिलो कारोबारका दिन बजार करिब २२ अंकले घट्दा कारोबार जम्मा ४ अबै ५ करोड मात्रै भएको छ । यो कारोबार असार २४ गते पछिकै कम हो । असार २४ गते जम्मा ४ अर्ब ५७ करोडको कारोबार पछि बजारले बुल ट्रेन्ड समातेको थियो ।
आज भएको कारोबार भदौ २ गते भएको ३० अर्बबराबरको उच्च कारोबार पछि कै सबैभन्दा कम हो । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा २ दिने क्याण्डल स्टिक चार्टमा सपोर्ट जोनमा ट्वीजर बटम बनेको छ । ( हेर्नुहोस तस्बिरमा )
यो पनि बजारले रिभर्सल लिन सक्ने संकेत हो । पछिल्ला ४ कारोबारमा बजारले २४३८ विन्दुमा २ पटक टेष्ट गरेर माथि फर्केको छ ।
भोल्युम र कारोबार घटेको छ । यसले बिक्री दबाब घट्दै गरेको बुझिन्छ । मनी फ्लो इन्डेक्समा बजारमा यस अघि नै बुलिस डाइभर्जेन्स देखिएको छ । म्याक्डीमा हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । पिभट् मार्फत नियाल्दा बजारको नजिकको सपोर्ट क्रमशः २४०५ , २३२४ र २२०५ विन्दुमा रहेको छ । बढेमा बजारले क्रमश ः २५२५, २६०५ र २७२५ विन्दुमा प्रतिरोध रहेको छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।