काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४९.१८ रुपैयाँ र बिक्रीदर १४९.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.७२ रुपैयाँ र बिक्रीदर १७९.५३ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.२४ रुपैयाँ र बिक्रीदर ९२.६५ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६ं.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ कायम भएको छ ।