काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)दामोदर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
श्रेष्ठले सीईओ पदबाट गत भदौ ३१ गते राजीनामा दिएका थिए । उनको उक्त राजीनामा कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।