काठमाण्डौ । मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति २०१ अर्ब डलर पुगेको हो ।
यससँगै उनी विश्वको धनाढ्यको सूचीमा चौथो स्थानमा रहेका छन् । यो वर्ष मात्रै जुकरबर्गको सम्पत्ति ७३.४ अर्ब डलरले बढेको छ ।
हाल विश्वमा २ सय अर्ब भन्दा बढी सम्पत्ति भएका मस्कसहित ४ जना छन् । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति २७२ अर्ब डलर रहेको छ । यस्तै अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २११ अर्ब डलर र रसेल आर्नल्टको सम्पत्ति २०७ अर्ब डलर रहेको छ ।
यषे वर्ष मेटाको सेयरमूल्य ६४ प्रतिशतले बढिसकेको छ ।