काठमाण्डौ । रिडीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।
कम्पनीद्वारा गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भई बहने रिडीखोला जलविद्युत आयोजना (२.४ मेगावाट)असोज ११ र १२ गते दिनभर आएको भिषण वर्षाका कारणले पहिरो गई यस आयोजनाको पेनस्टक पाईपमा क्षति पुगेको छ ।
जसका कारण आयोजनाबाट हुने विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।