काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । बजार बढ्दा आज ७ अर्ब ६१ करोडको कारोबार भएको छ । बजारलाई प्राविधिक रुपमा हेर्दा आज पनि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।
बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा बजारले मध्य ब्याण्डलाई ब्रेक गरेर माथि लागेको छ । योसँगै आज बनेको क्याण्डलले यस अघि बनेका १० वटा क्याण्डलाई ढाकेको छ । बजार बढ्दा भोल्युम पनि बढेको छ । जसलाई सकरात्मक रुपमा लिन सकिन्छ । म्याक्डीमा आज बजार करिब बुलिस क्रसओभर नजिक पुगेको छ ।
आरएसआईले यस अघि नै ओभर सोल्ड जोन ३२ बाट फर्केर बजार ५० को न्यूट्रल जोनमा पुगको छ । समग्रमा तीन वटै इन्डिकेटरले बजारमा बाई कन्फरमेसन दिदैँ गरेको अबस्था रहेको छ । डाउ थेउरीबाट नियाल्दा बजारले २५४० विन्दुभन्दा माथि लागेर हायर हाई बनाएको छ । अब बजार हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै माथि पनि लाग्न सक्छ । आज २६२३ विन्दुमा बन्द भएको बजार अब २६५० विन्दु आसपास प्रतिरोध सामाना गर्न सक्छ ।
त्यहाँबाट पनि यदि बजारले माथिको यात्रा तय गर्छ भने २७६० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ । घटेमा भने बजारले २६०० , २५४० र २५०० विन्दुमा नजिकको सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।