शुक्रबार, श्रावण १५,२०८३ 02:58:06
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 02:58:06
Bizshala
Global IME Bank Limited

टिभिएसका मोटरसाइकल स्कूटर खरीद गर्नुअघि नै रु. ५ लाख छुट पाइने ! के हो स्किम ?

टिभिएसका मोटरसाइकल स्कूटर खरीद गर्नुअघि नै रु. ५ लाख छुट पाइने ! के हो स्किम ?
New Office

काठमाण्डौ । दशैंको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेञ्ज मेला आयोजना गर्ने भएको छ ।  

मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ। असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैं अफरको समेत फाइदा लिनसक्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

दशैंका अवसरमा कम्पनीले खरिद गर्नुअघि नै उपभोक्ताका लागि रु ५,००,००० सम्मको छुट प्राप्तको अवसर प्रदान गरिनेछ । 

त्यसैगरी खरिद गर्दा रु १०,००,००० सम्मको छुट पाउने अवसर र साप्ताहिक क्यासब्याक अफरअन्तर्गत हरेक साता सत्प्रतिशत क्यासब्याक जित्ने अवसर पनि उपलब्ध गराइने कम्पनीको दाबी छ ।  

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको  बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ ।

त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र  पिक एन्ड ड्रप सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.