काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.७८रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ कायम थियो।
आज एक यूरोको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७८.२३ रुपैयाँ र बिक्रीदर १७९.०३ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.४० रुपैयाँ र बिक्रीदर ९२.८१ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६ं.६० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१३ रुपैयाँ र बिक्रीदर ३२.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.०९ रुपैयाँ र बिक्रीदर ४४०.०६ रुपैयाँ कायम भएको छ ।