सोमबार, फाल्गुन ४,२०८२ 10:13:01
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:13:01
Bizshala
Global IME Bank Limited

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफद्वारा ३० लाखको बीमालेख प्रदान

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफद्वारा ३० लाखको बीमालेख प्रदान
Shivam Cement

काठमाण्डौ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रेका चनिकलाल तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सम्मान गरेको छ ।

काभ्रे तेमाल गाँउपालिका–९ चोपाटार घर भईहाल ललितपुर महानगरपालिका– २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय तामाङलाई कम्पनीले असोज १६ गते सम्मान गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनलाई कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गर्नुभएका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ३० लाख बीमाङ रकमको बीमालेख सहित रु.११ हजार नगद सम्मान स्वरुप प्रदान गरे ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा उद्धारकर्ता चनिकलाल तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले भने, ‘यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको छु । सबैले आफ्नो क्षमताअनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.