काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बजार करिब १ प्रतिशतले घट्दा ६ अर्ब ७७ करोडको कारोबार भएको छ । प्राविधिक रुपमा अजको बजारलाई नियाल्दा बजारले बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।
अर्थात आज बजारले २६४० विन्दुमा पटक–पटक प्रतिरोध सामना गरेर २६ सय तल बन्द भएको छ । आज २५९७ विन्दुमा बन्द भएको बजारलाई डाउ थेउरीबाट नियाल्दा आगामी कारोबारमा यदि २५६० विन्दुभन्दा माथि–माथि बाट नै फर्कन्छ भने त्यो हायर लो कन्फर्मेसन गर्न आएको हुन पनि सक्छ ।
म्याक्डीबाट नियाल्दा बजार करिब बुलिस क्रसओभर निकट रहेको देखिन्छ । आजको बजारलाई कारोबारबाट नियाल्दा एभरेज भोल्युम तथा कारोबार भन्दा माथि नै रहेको देखिन्छ । आरएआई भने हाल न्यूटल जोनमा नै रहेको छ । पिभट् मार्फत नियाल्दा बजारको अबको नजिकको सपोर्ट २५८५ , २५४८ र २४७२ विन्दुमा रहेको छ । त्यसैगरि, बढेमा भने बजारले २६६१,२६९९ र २७७५ विन्दुमा रहेको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।